महन्थ ठाकुरले आफू पक्षका सांसदलाई किन पुर्‍याए भक्तपुर रिसोर्टमा ?

admin

काठमाडौं, ३० बैशाख : जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको पाइएको छ ।

१७ सांसदमध्ये १३ जना सो रिसोर्टमा रहेको एक सांसदले जानकारी गराएका छन् । सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन् । कुन रिसोर्ट हो भन्ने खुलाएका छैनन् । त्यहाँ सबै व्यवस्थापन गरेर उनी फर्कने कार्यक्रम रहेको छ । जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन् ।

प्रतिक्रिया