गठबन्धन सरकारमा बहुमत पुर्‍याउन नसक्ने कांग्रेसको निष्कर्ष

admin

काठमाडौं, ३० वैशाख : कांग्रेसले गठबन्धन सरकार गठनको लागि बहुमत पुर्याउन नसक्ने निष्कर्ष निकालेको छ । एमालेबाट माधव नेपाल पक्षको राजीनामा नआएको र जसपाबाट महन्थ ठाकुर पक्षले समर्थन नगर्ने भएपछि गठबन्धन सरकारमा बहुमत नपुग्ने निष्कर्ष कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले निकालेको हो ।


‘हामी त गठबन्धन सरकारको लागि तयारी अवस्थामा छौंं’ कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालवाचसँग भने, ‘एमाले र जसपाको कुरा नमिली बहुमत जुटाउन नसकिने भएको छ ।’ कांग्रेसले एमालेमा अध्यक्ष केपी ओली र माधव पक्षबीच वार्तालाई हेरेको थियो ।

तर, नेता माधव कुमार नेपालले तत्काललाई सांसदको राजीनामा टरेको भन्दै अझै वार्ता गर्न कार्यदल गठन गर्ने बताएका छन् । यसरी जसपा विभाजित हुने र एमालेबाट माधव नेपाल पक्षको राजीनामा नआएपछि कांग्रेस माओवादीसँग मिलेर गठबन्धनको लागि अगाडि बढ्ने तयारीबाट पछाडि हटेको हो ।

आज राति ९ बजेसम्म गठबन्धन सरकारको लागि बहुमत पुग्ने ग्यारेन्टी अन्य दलहरुले नगरे संसदको सबैभन्दा ठूलो दलको रुपमा एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनेछन् । तर, उनले पनि संसदमा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया