काठमाडौं, २ जेठ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको हो । पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गो लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ ।
यसअघि शुक्रबार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ को अवस्थामा फर्कँदै विधान र पार्टी संरचना कायम गरेर अघि बढ्नेबारे दुई पक्षबीच सहमति भइसकेको छ ।