प्रेस पास र ज्याकेटको दुरुपयोग भइरहेको भन्दै पत्रकारलाई काउन्सिलको चेतावनी

admin

काठमाडौं, २ जेठ : प्रेस काउन्सिल नेपालले गैह्र पत्रकारले प्रेस पास र ज्याकेटको दुरुपयोग गरिरहेको भन्दै आइतबार एक विज्ञप्ती जारी गरेको छ जहाँ व्यावशायीक पत्रकारलाई गम्भिर बन्न आग्रह गरिएको छ।

एक व्यक्ति प्रेस ज्याकेट लगाएर लागु औषध ओसारपसारमा संलग्न रहेको समाचार आएसँगै प्रेस काउन्सिलले विज्ञप्ती निकाल्दै भनेको छ-नेपाल पत्रकार महासंघ, सूचना विभाग, सम्पूर्ण व्यावशायीक पत्रकारलाई यस विषयमा गम्भिर बन्न प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ।

यसैगरि काउन्सिलले प्रेस नक्कली प्रेस पास र ज्याकेट बनाएर दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

निषेधाज्ञाको समयमा पत्रकारलाई सूचना विभागले जारी गरेको पासका आधारमा आवतजावत गर्न दिइएको छ। कार्यालयले जारी गरेको परिचयपत्र र प्रेस लेखेको ज्याकेट लगाएकै भरमा पनि सुरक्षा निकायले आवातजावतमा रोक लगाएका छैनन्।

प्रतिक्रिया