भक्तपुर, २ जेठ : भक्तपुर चाँगुनारायण नगरपालिका–६ वालवन वालखोलामा बेवारिसे शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार साँझ एकीन नामथर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।
ती पुरुषको हुलिया गहुँगोरो वर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरीर, दाहिने हातको बुढी औंला र चोरी औंलाको बीचमा ओम लेखिएको ट्याटुलगायत रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।