काठमाडौं, २ जेठ : कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा गरिएको निषेधाज्ञा जारी छ । उपत्यकाका प्रशासन कार्यालयले पटक पटक गरि जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यका अधिकांश स्थानमा सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको छ ।
काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहानै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका १०९५ वटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४६ वटा दुइ पाङग्रे, १८ ओटा चार पाङ्ग्रे, १६ ओटा ट्याक्सी र ४५ वटा अन्य ठुला सवारी साधन रहेका छन् ।