कोरोना संक्रमित पत्रकारको घर घरमा चिकित्सक र औषधि पुर्याउदै प्रेस युनियन

admin

काठमाडौं, ३ जेठ : नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना संक्रमित पत्रकारको घर घरमा चिकित्सक र औषधि पुर्याउने काम सुरु गरेको छ ।

युनियन सुनसरी शाखाले संक्रमित पत्रकारहरुको घरमा औषधि र परामर्श सहित चिकित्सकको निशुल्क सेवा अभियान सुरु गरेको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी जानकारी दिनुभयो ।

सुनसरी जिल्लामा अहिले १४ सञ्चारकर्मि कोरोना सक्रमित वनेको उहाले बताउनुभयो । पत्रकारको मनोवल उच्च राख्नका लागि र स्वास्थय जोखिम कम गर्न परामर्श सहितको स्वास्थ्य सेवा सुरु गरिएको उहाले बताउनुभयो ।

प्रेस युनियनको यो अभियानले होम सइसुलेसनमा रहेका सञ्चारकर्मिहरुले आफ्नो मनोवल वढेको बताएका छन् ।

प्रतिक्रिया