मुख्यमन्त्री पौडेलद्वारा एकैपटक ११ वटा पुल उद्घाटन

admin

हेटौंडा, ३ जेठ :  बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन गरिएको छ ।

सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको हो ।

मुख्यम्न्त्री पौडेलले मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेव खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाडौं विष्णुमति खोला पुल, धोबी खोला पुल उद्घाटन गर्नुभएको हो ।

यस्तै, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनको चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुलकोे पनि उहाँले उद्घाटन गर्नुभयो । ३ सय ९७ मिटर लम्बाइको एक दर्जन पुल निर्माण गर्न प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया