खोप आपूर्ति चाँडो गरिदिन राष्ट्रसंघलाई प्रधानमन्त्री ओलीको आग्रह

admin

काठमाडौं, ३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै खोप चाँडो आपूर्ति गर्न आग्रह गरेका हुन् ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग बुझेकी थिइन् ।

साथै उनले राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ समेत गरेकी थिइन् ।

प्रतिक्रिया