काठमाडौं उपत्यकासहित यी २० जिल्ला अति जोखिममा

admin

काठमाडौं, ४ जेठ : कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकासहित २० जिल्ला अति जोखिममा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् । यी जिल्लाहरुमा संक्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार नाघेको छ । देशभर ७ सय ८ क्वरेण्टीनमा छन् । १ हजार २ सय ५९ आईसीयू र ४ सय संक्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया