बारा, ४ जेठ : बारा कलैया उपमहानगरपालिका-७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना बालकको ह’त्या भएको छ । सामेबार बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको श’व घाँ’टी रे’टी ह’त्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
दुवै जना बालक दाजुभाइको श’व परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारमा रहेका गफारका दुई छोरा दुई छोरी रहेकोमा दुवै छोराको नचिनेको मानिसको समूहले ह’त्या गरेको हो । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराए ।