नेपालमा चक्रवातको असर पर्सीसम्म रहने

admin

काठमाडौं, ४ जेठ : अरब सागरमा विकसित चक्रवातको असर नेपालमा बिहीबारसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबार दिनभरि नै काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा मंगलबार दिउँसो हल्का पानी परेको छ । फेरि पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् । (भोलि) बुधबार काठमाडौंमा केहीबेर घाम लागे पनि फेरि बदली हुने उनको भनाइ छ । बिहीबार पनि देशभरकै मौसम यस्तै रहनेछ ।

विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान छ । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ ।

प्रतिक्रिया