नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता हो : मन्त्री श्रेष्ठ

admin

काठमाडौँ, ४ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण रोकथाम र न्युनिकरणका साथै नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

मंगलबार ललितपुरस्थीत नेपाल बिज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानमा पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा र कोरोना नियन्त्रण भएको भन्दै यसमा सवैको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभएको हो ।

अहिले राज्यको सम्पूर्ण स्रोत र साधन नै कोरोना नियन्त्रणमा केन्द्रीय रहेको उहाको भनाई छ । त्यस्तै उहाले कोरोना संक्रमणलाई मध्यनगर गर्दै नै परिक्षा स्थगीत गरिएको जानकारी दिनुभयो । परिक्षाको उपयुक्त बिकल्प खोजिने उहाले बताउनुभयो ।

उहाले कारोना नियन्त्रणका लागि प्रतिष्ठानले बिकास गरेका प्रविधी र कार्ययोजनालाई अझ प्रभावकारी बनाउन र जनमाझ पुराउन सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

सो क्रममा मन्त्री श्रेष्ठले प्रतिष्ठानले निर्माण गरेको अक्सिजन सिलिण्डरको क्षमता मापन प्रविधीको परिक्षणको अवलोकन गर्नुभएको थियो । नेपालमा भित्रिएको अक्सिजन सिलिण्डरको क्षमता मापन गर्ने प्रणाली नेपालमा नभएका कारण क्षमता मापन प्रविधीको बिकास गरेको प्रतिष्ठानका प्राविधि संकायका प्रमुख इन्जिनियर रविन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाले उक्त प्रविधिको परिक्षण भइरहेको बताउनुभयो । प्रतिष्ठानले कोभिड १९ र यसका प्रभाव न्युनिकरणका लागि गरेका गतिविधी समेत मन्त्री श्रेष्ठलाइ जानकारी गराएको थियो ।

प्रतिक्रिया