राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी

admin

काठमाडौँ, ४ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन प्रधानमन्त्री ओली शीतल निवास पुगेको बताइएको छ । यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत प्राप्त नगरी सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेको छ ।

प्रतिक्रिया