कोरोना संकटमा सेनाको साथ, सहज आपूर्ति र व्यवस्थापनमा जनशक्ति परिचालन

admin

काठमाडौँ, ४ जेठ : अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला सहज आपूर्ति र व्यवस्थापनका लागि नेपाली सेनाले जनशक्ति परिचालन गरेको छ ।

सेनाले कोभिड १९ व्यवस्थापन तथा सञ्चालक केन्द्र सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसंगको समन्वय सहकार्यमा अक्सिजन प्लान्टहरको सञ्चालन तथा अक्सिजन सिलिण्डरहरुको ढूवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाई एवं सडक सवारी साधानको प्रयोग गरेको हो ।

नेपाली सेनाका अनुसार बैंशाख २८ गतेदेखि जेष्ट ४ गतेसम्म बारा, सुनसरी, पोखरा बिराटनगर लगाएतका क्षेत्रबाट करिव एक हजार बढि सिलिण्डर हवाई तथा सडक मार्गबाट ढुवानी गरिएको छ ।

त्यस्तै काठमाडौंको थानकोट, काभ्रेको पनौती, रुपन्देहीको बिभिन्न अक्सिजन प्लान्टमा जनशक्ति खटाइएको सेनाले जनाएको छ । यसबाट अक्सिजन उत्पादन वृद्धि र प्रभावकारी व्यवस्थापन गर्न सहज पुग्ने विश्वास सेनाको छ ।

प्रतिक्रिया