आज बि. सं. २०७८ जेठ ५ गते बुधवारको राशिफल हेर्नुहोस्

admin

आज बि. सं. २०७८ जेठ ५ गते, बुधवार, १९ मे २०२१। वैशाख शुक्लपक्ष सप्तमी तिथि, प्रातः ७ः५४ बजेदेखि अष्टमी। अश्लेषा नक्षत्र, ११ः३० बजेदेखि मघा। चन्द्रराशि– कर्कट, ११ः३० बजेदेखि सिंह।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसाेदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहान अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। तर, आकस्मिक खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहान रमाइलो देखिए पनि दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। समयमा काम गर्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहानकाे समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथ जुट्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सानोतिनो समस्याले अल्झाउन सक्छ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। धनमाल सुरक्षामा सजग रहनुहोला।

प्रतिक्रिया