सशस्त्र प्रहरीले गो’ली चलाउँदा एक युवक घाइते

admin

नवलपरासी, ५ जेठ : पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले गो’ली चलाउँदा एक युवक घाइते भएका छन् । प्रतापपुर गाउँपालिका ६ कठहवामा गो’ली लागेर २२ वर्षीय अविनाश राय घाइते भएका स्थानीय बासिन्दाले बताएका छन् ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई प्रहरीले रोक्न खोजेको र अटेरी गरेकाले गो’ली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाका बारेमा थप जानकारी लिने प्रयास भैरहेको बताएका छन् ।

प्रतिक्रिया