संक्रमितले बेड नपाएको गुनासो : उपत्यकाका कुन अस्पतालमा कति बेड खाली छ ? (सूचीसहित)

admin

काठमाडौं, ५ जेठ : कोरोना संक्रमितले अझै सहज रुपमा बेड पाउन नसकेको गुनासो गरिरहँदा सरकारले भने काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ५ सयभन्दा बढी बेड खाली रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो २ बजेसम्मको विवरणअनुसार काभ्रेको धुलिखेलसहित काठमाडौंका ठूला १८ वटा अस्पतालमा ५ सय १७ वटा बेड खाली रहेको जनाएको हो ।

मन्त्रालयकाअनुसार यी सबै अस्पतालमा गरी २ हजार २ सय ८६ आइसोलेशन रहेकोमा १ हजार ८ सय ८५ मा मात्र बिरामी छन् । अरु ४ सय १ आइसोलेशन खाली छन् । यस्तै यी अस्पतालमा रहेका ४ सय ४२ वटा आईसीयूमध्ये ३ सय ९१ मा बिरामी छन् । बाँकी ५१ वटा आईसीयू खाली छ ।

दुई सय १२ वटा भेन्टिलेटरमध्ये १ सय ४७ मा बिरामी रहेका र बाँकी ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बेडको लागि सम्पर्क गर्न केही अस्पतालका सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराउँदै आएको छ । कुन अस्पतालमा कति बेड खाली छ मन्त्रालयले सार्वजनिक गरेको सूची हेर्नुहोस् !

प्रतिक्रिया