अपडेट : प्रहरीको गो’ली लागेर घाइते भएका युवकको ज्यान गयो, अर्का एक जना पनि घाइते

admin

नवलपरासी, ५ जेठ : नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर घाइते भएका एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गो’ली लागेर घाइते भएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गो’ली लागेर ३० वर्षका विनोद राय घाइते भएका छन् । सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गो’ली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।

प्रतिक्रिया