पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन

admin

काठमाडौं, ५ जेठ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधबार ९३ वर्षको उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका उनी राजदूत पनि हुन् ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्त्वपूर्ण योगदान दिएका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । प्रहरीको रासन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कुल बनाउनमा उनको महत्त्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरू स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्‍याएका उनी सङ्गठनको युगपुरुषका रूपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको बुधबार नै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया