भारत उत्तर प्रदेशमा फेरी अर्का मन्त्रीको कोरोनाका कारण निधन

admin

एजेन्सी, ५ जेठ : भारतको उत्तर प्रदेशमा कोरोना भाइरसबाट थप एक जना मन्त्रीको ज्यान गएको छ । प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट ज्यान गएको बीबीसीले जनाएको छ ।

यसअघि उत्तर प्रदेशका मन्त्रीहरू चेतन चौहान र कम रानी वरुणको पनि कोरोना संक्रमणबाटै ज्यान गइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको मंगलबार निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गरेका छन् । ५६ वर्षका कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया