फेरि मन्त्री बने दीपक मनाङे

admin

काठमाडौं, ५ जेठ : गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

file photo

मुख्यमन्त्रीले मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका हुन् । यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन युवा तथा खेलकुदमन्त्रीमा मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् ।

यस्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराइन् भने रामशरण बस्नेत, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराएकी हुन् । मनाङे काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी हुन सकेनन् । 

प्रतिक्रिया