आज सात हजार नौ सय ८९ जना कोरोनामुक्त, थप दुई सय ४६ जनाको ज्यान गयो

admin

काठमाडौं, ५ जेठ : बुधबार नेपालमा सात हजार नौ सय ८९ जना कोरोना संक्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार पुष्टि भएका संक्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाडौं उपत्यकाका रहेका छन् ।यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।

प्रतिक्रिया