प्रेम सम्बन्धबारे अनुसन्धान चलिरहँदा बिल गेट्सको कम्पनी बोर्डबाट राजीनामा

admin

काठमाडाैं, ५ जेष्ठ : प्रेम सम्बन्ध बारे अनुसन्धान हुनथालेपछि बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको कम्पनी बोर्डबाट राजीनामा दिएको खुलेको छ ।

गेट्स माथि उनको २० वर्ष भन्दा बढिको प्रेम सम्बन्धबारे गत वर्ष अनुसन्धान चलिरहेको थियो । गेट्सको व्यवहार प्रति प्रश्न चिह्न उठन थालेपछि माइक्रोसफ्टले अनुसन्धान सुरु गरेको थियो । माइक्रोसफ्टको एक कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको भनेर उनी माथि अनुसन्धान चलिरेहको थियो ।

बिल गेट्सको प्रवक्ताले यो अनुसन्धानको कारणले गेट्सले माइक्रोसफ्टको कम्पनी बोर्डबाट राजीनामा दिएको कुरामा स्वीकार गरेका थिए । बिल र मेलिन्डाले २७ वर्षको वैवाहिक जीवन अन्त्य गर्दै सम्बन्ध विच्छेद भएपछि यो कुरा खुलेको एजेन्सीहरुले जनाएका छन् । सन् २०१९ मा माइक्रोसफ्टलाई एक कर्मचारीबाट गेट्सले सन् २००० मा एक महिला कर्मचारीसँग घनिष्ट सम्बन्ध राख्न खोजेको गुनासो आएको थियो ।

त्यहाँ देखि अनुसन्धान सुरु भयो तर गेट्सले कम्पनी बोर्डबाट राजीनामा दिएपछि यो अनुसन्धान अधुरो नै रहयो । गत वर्ष मार्चमा एक लिङ्कड इन पोस्ट गर्दै गेट्ले उनले यो निर्णय बिल र मेलिन्डा गेट्स फाउण्डेसनको तर्फबाट दानपुण्यको काममा बढि ध्यान दिनलाई गरेको बताएका थिए।

तर वाल स्ट्रीट जर्नलका अनुसार माइक्रोसफ्ट बोर्डले गेट्सको महिला कर्मचारीसँग सम्बन्ध राख्नु अनैतिक भएकाले उनलाई राजीनामा दिन लगाइएको हो ।
गेट्सको प्रवक्ताले प्रेम सम्बन्ध रहेको कुरा स्वीकारे तर त्यो कारणले बोर्ड छाडेको कुरालाई अस्वीकार गरेका छन् । उनको अनुसार २० वर्ष पहिले प्रेम सम्बन्ध रहेको थियो । बिल र मेलिन्डा गेट्स फाउण्डेसनले त्यही विज्ञप्तिलाई समर्थन गर्ने बताएको छ ।

प्रतिक्रिया