कोभिडले नेपाल प्रहरीका डीएसपी केसीको मृ’त्यु

admin

काठमाडाैं, ६ जेष्ठ : कोभिड १९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृ’त्यु भएको छ ।

महानगरीय प्र’हरी परिसर टेकुमा कार्यरत डीएसपी केसीको बुधबार राती मृ’त्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

कोभिड संक्रमणपछि महराजगञ्जमा रहेको प्र’हरी अस्पतालमा उनको उपचार भइरहेको थियो । दुई हप्ता अघि उनलाई कोभिड पुष्टि भएको थियो ।

निषेधाज्ञापछि ड्युटीमा खटिएका उनलाई कोभिड पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया