आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

admin

काठमाडाैं, ६ जेष्ठ : लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो ।

त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरु परकम्प चार रेक्टर स्केलको भन्दा साना रहेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले घर भत्काउँदा हिजो बेसीसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घा’इते भएका थिए ।

प्रतिक्रिया