मैले काम गरेको फिल्म हुबहु कपि रहेछ, आइडिया कपी गर्ने कुराको घोर बिरोधी हुँ : नायिका सुरक्षा पन्त

admin

काठमाडौं, ६ जेठ : नायिका सुरक्षा पन्तले आफैले अभिनय गरेको एक छोटो फिल्म हिन्दी फिल्मको हुबहु कपी भएको भन्दै सञ्जालमा दुःख व्यक्त गरेकी छिन् । हरेक फिल्ममा फरक भूमिका गर्न रुचाउँने नायिका पन्तलाई दर्शकले फिल्मको पर्दामा नायकसँग नाँचेको कमै मात्र देख्छन् । बरु, उनी गहन कथामा बन्ने फिल्ममा बढी रुचि राख्छिन् । फिचर फिल्म होस् या छोटो फिल्म नै उनी सोचेर बुझेर मात्र काम गर्छिन् ।

यस्तै उनी अभिनीत केही राम्रा छोटो फिल्मपनी युट्युबमा सार्वजनिक छ । यसै क्रममा उनले गरेका कुनै एक छोटो फिल्म हिन्दी फिल्मको हुबहु कपी भएको भन्दै सञ्जालमार्फत् दुःख व्यक्त गरेकी हुन् । नेपाली चलचित्रको कथा हिन्दी चलचित्रको कथासँग मिलेको खबर त नयाँ होइन । तर, लकडाउनको कारण बग्रेल्ती निर्माण भएका छोटा चलचित्रहरु प्नि हिन्दी छोटा चलचित्रसँ हुबहु मिलेको पाइएको छ । अप्रिल १४ मा युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ ।

यतिसम्मकी, यो चलचित्रको संवाद समेत नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको छ । जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार कोशिश क्षेत्रीको मुख्य भूमिका छ । रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । गत महिना ओएसआर डिजिटलको यूट्युबमा सार्वजनिक भएको नेपाली लघु चलचित्र ‘मन बार’ले राम्रै चर्चा पनि बटुलिरहेको थियो ।

तर, चलचित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् । सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ ।

नायिका सुरक्षा पन्तको अभिनयको तारिफसँगै लेखक र निर्देशकले राम्रो काम गरेको प्रतिक्रिया आईरहेका थिए । यहि बीचमा कसैले हिन्दी भाषामा ‘नामर्द’ शिर्षकको हुबहु चलचित्र हेर्न पुगे । शुरुमा त नेपालीबाट भारतमा चोरिएको भनेर झुक्किए पनि, तर किन त्यस्तो हुन्थ्यो १ अपलोड मिति हेर्दा त एक बर्ष पहिले नै उक्त चलचित्र आईसकेको रहेछ । एक करोड बीस लाख बढिले हेरिसकेका रहेछन् । त्यसपछि एक कान दुई कान मैदान भैहाल्यो ।

शोसल मीडियाको जमाना जो छ, समाचार मात्र होईन शोसल मीडियाभर चोरीको आरोप नेपाली मेकर तर्फ फर्कियो । तर, सबै चलचित्र त्यसरी नै चाहिँ पक्कै बन्दैनन् । पहिले पहिले इन्टरनेटको सहजता नहुँदा र प्रविधिले अहिले जस्तो विकसित रुप नलिँदा हाम्रा महान अग्रजहरुले बजारमा किन्न पाईने हिन्दी चलचित्रहरुबाट हुबहु उतारेकै हुन् । हिन्दी चलचित्र हेर्न सजह हुन थालेपछि नेपालीले नबुज्ने भाषा खोज्दै नेपाली चलचित्र टर्किस भाषाका चलचित्रबाट फोटोकपि भएको पनि धेरै भएको छैन ।

जमाना अनुसार नेपाली चलचित्रका मेकरहरुभन्दा दर्शक निकै पर पुगिसके । यो हेक्का नराखी घुमाई फिराई विदेशी चलचित्रबाट प्लटहरु तानेर बनाइएका चलचित्रहरु दर्शकले ट्रेलर हेर्दा नै पत्ता लगाई दिन्छन् । अब अहिले आएर भारतको चलचित्र, त्यो पनि निःशुल्क हेर्न पाईने यूट्युबमा र कोरोना महामारीको लकडाउनले पुरै इन्टरनेटमा सक्रिय रहेको बेला बीस मिनेट लामो चलचित्र पत्ता नलाग्ने कुरै भएन । त्यो चलचित्रबाट प्रभावित हुनु स्वभाविक हो तर त्यसैको स्क्रिप्ट अनुवाद गरी बनाउनु श्रृजनशिलताको उपहास गरिनु हो ।

जयेश मेस्ट्रीले लेखेको कथा, संवाद र निर्देशक उदय कामतले लेखेको पटकथालाई अनुवाद गरी रुपेन्द्र खड्गीले गर्वसाथ आफ्नो नाममा कथा, पटकथा र संवाद राखेका छन् । नेपाली अनुवादलाई जीवन शाहीले निर्देशक गरेका छन् । अनुवादित यस चलचित्रमा अभिनेत्री पन्त र कोशिस क्षेत्रीको प्रमूख अभिनय छ । चोरी आफुले नगरेपनि यसको शिकार भने उनिहरु पनि हुने नै भए । सँधै मौलिकतालाई बोकेर हिड्ने पन्तले यसपाली राम्रै झड्का पाईन् । खाँदै नखाएको बिष लागेझैँ भयो ।

‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘व्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु’ । उनले चलचित्र हुबहु उतारिएको थाहा पाएपछि यो चलचित्रको भाग २ बन्ने भनिएको तर अब आफुले काम नगर्ने बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना भनाई राख्दै उनले लेसेकी छिन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला । कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ । ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु । तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न । इन्टरनेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्‍याइ ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यसमा काम नगर्ने मनसायमा पुगेको छु ।)

‘यो पाठ हो, केवल मैले होइन सम्पूर्ण टीमले मनन गर्न जरुरी छ । अर्को एउटा महत्वपुर्ण पाठ टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’ उनकै लागि उपस्थितीले उनका समर्थकलाई निराश बनाउने नै भयो, आलोचकलाई टिप्पणीको एउटा मसला बन्ने देखिन्छ ।

प्रतिक्रिया