आज फेरि बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ जेठ : बिहीबार सुनको मूल्य बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार भने सुनको मूल्य तोलामा एक सय रुपैयाँले मूल्य घटेर ९३ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

यस्तै महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार १३ सय ६० रुपैयाँ छ ।

प्रतिक्रिया