बेलायती राजदूत र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन आग्रह

admin

काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

विशेषगरी उनीहरूबीच कोभिड १९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया