आज नेप्से ६ अङ्कभन्दा धेरैले बढ्यो

admin

काठमाडौं, ६ जेठ : शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीबार ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । बिहीबार ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक एक सय १३ दशमलव ४४ अङ्कले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७८ दशमलव ८५ अङ्कले घटेको छ । बिहीबार नौ अर्ब ३० करोड रुपैयाँभन्दा धेरैको दुई करोड एक लाख कित्ता शेयर किनबेच भएको छ ।

नेपाल रिइन्स्योरेन्स लिमिटेडको बिहीबार सबैभन्दा धेरै ३४ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार गुडविल फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया