राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान सकियो, आज बेलुकीसम्म मत परिणाम आउने

admin

मकवानपुर, ६ जेठ : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान कार्य सकिएको छ । दिउँसो ३ बजे मतदान शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा प्रदेश सभा सदस्य एक सय १० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका थिए ।

प्रदेश सभा समस्यतर्फ एक सय पाँच जना र पालिकातर्फ दुई सय ३३ जना गरी जम्मा तीन सय ३८ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका सदस्यतर्फको मतभार १८ रहेको छ । मतगणना अहिले साढे ४ बजेदेखि सुरु हुने र बिहीबार नै बेलुकीसम्म मत परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो ।

प्रतिक्रिया