काभ्रेमा श्रीमतीको हत्या गरी गाड्ने श्रीमान पक्राउ

admin

काभ्रे : काभ्रेको कोशीपारीमा श्रीमतीको हत्या गरी बारीमा गाड्ने श्रीमान प’क्राउ परेका छन् । काभ्रे प्र’हरीले चौरीदेराली गाउँपालिका वडा ९ गोठपानीका सोनाम लामालाई प’क्राउ गरेको छ । उनको साथमा मृ’तक सुमिना गुरुङको ससुरा च्याङ्वा भन्ने चन्द्र बज्र लामालाई प’क्राउ गरेको छ ।

आफ्नै श्रीमती २२ की सुमिना गुरुङको ह’त्यापछि मकैबारीमा खाल्डो खानी गाडेको आरोपमा २८ बर्षीय मृतकका श्रीमान सोनाम लामा र सानोमका बुबा चन्द्र बज्र लामालाई प्रह’रीले पक्राउ गरेको हो ।

यसरी पत्ता लाग्यो गाडेको कुरा
मृकत सुमिनाको माईतीघर तनहुँ बन्दीपूर, लोही भन्ने ठाउँमा हो । सोनामले सुमिनालाई २०७६ सालमा प्रेम बिवाह गरी काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ कालीमाटी ल्याएका थिए ।

आफ्नो २२ बर्षीय छोरी गाउँबाट एकाएक हराएपछि गाउँका मानिसहरुले समेत थाहा नदिई माईती पक्षले सुमिना गुरुङको खोजतालस गर्ने क्रममा सोनाम लामाले हत्या गरी आफ्नै मकै बारीमा खाल्डो खनि गाडेको पत्ता लागेको थियो । सोनामले गाउँमा भने सुमिना हराएको हल्ला फिजाएका थिए ।

माईती पक्षबाट खबर गर्नासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट घट्नास्थलमा पुगेको अनुसन्धान अधिकृतको टोलीले सोनाम लामालाई सोधपुछ गरी सुमिना गुरुङको लास खाल्डो खनि गाडिएको मकै बारीमा स्थानीय र प्रहरी समेतले उत्खनन गर्दा फेला पारेका हुन् । प्र\हरीले मृ\तक सुमिनाका श्रीमान सोनाम र ससुरा माथि थप अनुसन्धान भइरहेको जनाको छ ।

प्रतिक्रिया