बादलको हारले ओली-नेपाल विवाद बल्झियो

admin

काठमाडाैं, ६ जेष्ठ : राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

बादललाई मत दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुने जानेरै अपिल जारी गरी मत मागेका थिए । उनले सुर्य चिन्हबाहेकमा एमालेका जनप्रतिनिधि मतदाताले मतदान गरे गम्भीर कदम चाल्ने सन्देशसहित अपिल जारी गरेपनि माधव नेपाल समूहले टेरेनन् । उनीहरुले खिमलालकै पक्षमा मतदान गरेर जिताए । बादल पराजित भए । यसले ओलीको प्रतिष्ठाको लडाईंमा ठूलो हार भयो ।

बादललाई क-कस्ले गर्यो घात
आजै नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवार बादललाई मत नदिई अन्यलाई दिएकोमा गम्भीर भएको निर्णय सार्वजनिक गर्यो । मतगणना नहुँदै यस्तो निर्णय आयो । बैठकमा माधव नेपाल समूह एकताको पक्षमा नभएको निष्कर्ष समेत निकालियो । अब एकताका लागि बढेको नेकपा एमालेभित्र यो घटनाले फेरि विवाद चर्काउने देखाएको छ ।

यसरी देशलाई मध्यावधि चुनावमा लाने ओलीको योजना
बादल स्वयंले माधव नेपाललाई भेटेर साथ मागेका थिए । तर, नेपालले साथ दिन अस्वीकार गरे । यसबाट उनी ओली निकटहरुसँग कडा टक्कर लिने मनशायमा रहेको बुझ्न सकिन्छ ।

अब बादलको हारको असर एमाले विवाद मिलाउन बनेको कार्यदलमा समेत पर्न सक्छ । कार्यदलको बैठक एकपटक मात्र बसेको छ । हिजो बस्नुपर्नेमा बसेन । बादलको पराजयको घटनासँगै एमालेभित्रको विवादले नयाँ रुप लिने देखिदैछ ।

यसैगरी, प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भएका छन् । अब जेठको अन्तिम सातासम्म सरकार रहने निश्चित भएको छ । त्यसपछि धारा ७६ को उपधारा ५ मा देश जान्छ । ओलीले सकेसम्म उक्त धारा बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने प्रयास गर्नेछन् । नसकेमा विरोधी गठबन्धनलाई बहुमत बनाउन नदिन लाग्नेछन् ।

उनी असफल भएमा विकल्पमा अर्को व्यक्ति प्रधानमन्त्री बन्नेछन् । सफल भएमा देश एकैपटक धारा ७६ को उपधारा ७ मा पुग्नेछ । यो धारा अनुसार ओलीले ६ महिनाभित्र चुनाव गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभा विघटन भई मंसिरमै चुनावको मिति तोकिने अवस्था बन्छ ।

प्रतिक्रिया