बादलले दिए खिमलाललाई बधाई

admin

काठमाडाैं, ६ जेष्ठ : नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना मतदातालाई धन्यवाद पनि दिएका छन् ।

“आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका वाग्मती प्रदेशसभाका माननीय सदस्यहरु, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उमेदवार डा. खिमलाल देवकोटालाई बधाई,” उनले फेसबुकमा लेखेका छन् ।

एमालेबाट उपनिर्वाचनमा उमेदवार बनेका बादल गठबन्धनका उमेदवार खिमलालसँग पराजित भएका हुन् । वाग्मती प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा निर्वाचित खिमललाले ५,०८८ मतभार ल्याए भने बादलले ४,०१४ मतभार पाए । उता, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गृहमन्त्री समेत रहेका बादलको पद सर्वाेच्च अदालतको आदेशबाट आजै गुमेको छ ।

प्रतिक्रिया