सूर्य चिन्ह छाडेर माधवकुमार नेपाल आज फेरि हार्नुभयोः सचेतक चौधरी

admin

काठमाडाैं, ६ जेष्ठ : नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले माधवकुमार नेपाल फेरि एक पटक हारेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै उहाँले माधवकुमार नेपाल फेरि हारेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘कमरेड तपाईंले मलाई नेकपा ( एमाले ) मा आबद्ध गराउनु भयो तर तपाईंले नेकपा ( एमाले ) होईन स्वतन्त्र रोज्नु भयो ।

कमरेड, तपाईंले मलाई सुर्य चिन्ह हाम्रो हो भनेर रटाउनु भयो तर तपाईंले त आज सुर्य चिन्ह चिन्ह छोड्नु भएछ कलम चिन्ह रोज्नु भएछ । त्यसैले तपाईंले जितेको होर कमरेड ? होइन, जित्नु भएन।’

प्रतिक्रिया