आजको मौसम : देशभर भारी वर्षाको सम्भावना

admin

काठमाडौं, ७ जेठ : देशका धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिक देखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया