बहुमत पुर्‍याएर दाबी गर, हामी बिपक्षीमा बस्न तयार छौ : सांसद महेश बस्नेत

admin

काठमाडौं, ७ जेठ : नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री विपक्षी दलहरुलाई बहुमत पुर्याएर सरकार गठन गर्न चेतावनी दिएका छन्। सरकार गठनको प्रकृयालाई स्वभाविक बताउदै उनले आफुँहरु विपक्षमा बस्न तयार रहेको बताए। ‘राजनीति बिचार र सिद्धान्तको मात्र बिषय होइन। यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो।’

बस्नेतले भने, ‘बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओलीबिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन। एमाले फुटाउने, जसपा फुटाउने, रष्ट्रीयसभामा निर्दलिय गठबन्धन बनाउने। फ्लोर क्रस गराउने, पार्टी व्हिप विरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हरकत देखाएकै छन।’

विपक्षी दलहरुप्रति आक्रामक हुँदै उनले थप भने, ‘यस्तो हर्कतको परिकल्पना र निर्माण मावोबादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ। च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा बाबुराम र उपेन्द्र घुडा धसेरै लागेका छन भने भित्र भित्रै माधब नेपालले पनि आसिर्बाद दिएकै छन।

आजको परिवेशमा बनेको धारा ७६ (३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६९५० को सरकारको लागि आव्हान भएको छ यो स्वभाबिक संबैधानिक प्रक्रिया हो।’

प्रकृयाअनुसार बहुमत पुराउन सक्ने हैसियत बिपक्षीहरुमा नरहेको उल्लेख गर्दै पुर्वमन्त्री बस्नेतले विपक्षीहरु सरकारबिरुद्द अनैतिक लडाईमा उत्रिएको बताए। ‘केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाइ महाअभियोग लगाउने सम्मका गफ गरिरहेका छन,’ बस्नेतले भने, ‘याद होस सक्छौ भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर। हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बिकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर। मिडिया र सोसियल मिडियाको रोइलोको किनै अर्थ छैन।’

रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन नसक्ने बतउादै सांसद बस्नेतले बहुमत पुर्याउन सक्नेले सरकार बनाउने बताए। ‘बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने।

जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ,’ उनले भने, ‘नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बढ्नेछन सिल्ड मेडल प्राप्त गरि रहनेछन।

प्रतिक्रिया