तरुण दलले भन्यो, राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक

admin

काठमाडौं, ७ जेठ : नेपाल तरूण दलले राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएको छ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरी महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन माग गरेका छन्।

‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ। राष्ट्रपतिले संविधानविरुद्ध फेरि घात गरेको उल्लेख गर्दै तरूण दलले यो संविधान विरुद्धको अपराध भएको जनाएको छ।

 

प्रतिक्रिया