प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संविधानको रक्षा गरौं : डा. भट्टराई

admin

काठमाडौं, ७ जेठ : पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ ! वीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’

प्रतिक्रिया