राष्ट्रपतिबाटै संविधानमाथि हमला भएको छ अब महाअभियोगसहितका विकल्पमा जान्छौं : कांग्रेस

admin

काठमाडौं, ७ जेठ : नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान र लोकतन्त्रमाथि हमला भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीका गैर-लोकतान्त्रिक र संविधान विरोधी सिफारिसलाई राष्ट्रपतिले साथ दिएको भन्दै उनीबाटै संविधान जोखिममा परेको निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका क्रियाकलापको भर्त्सना पनि भएको सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाएको वा राजीनामा दिएको अवस्थामा मात्रै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था कुल्चेर राष्ट्रपतिले २१ घण्टाको समय दिनु आपत्तिजनक विषय भएको कांग्रेसले जनाएको छ । राष्ट्रपतिको आह्वानको विरुद्धमा विभिन्न विकल्पमा अरु दलसँग पनि छलफल गर्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिक्रिया