विना निष्कर्ष टुङ्गियो जसपाको संसदीय दलको बैठक

admin

काठमाडौं, ७ जेठ : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले कुनै पनि निर्णय नगरेको र पछिल्ला राजनीतिक अवस्थाबारे छलफल भएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

बैठकले कसैलाई समर्थन गर्ने या कसैको विरुद्धमा जाने निर्णय नगरेको उनले बताए । मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता संविधान संशोधनको मस्यौदा बनाउनको लागि बिहीबार प्रधानमन्त्रीसँग कार्यदल बनाउने सहमति भएको जानकारी दिँदै ठाकुरले आफ्नो तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई सदस्य तोकिएको बताए ।

उनले अहिले जसपा केपी शर्मा ओलीको विपक्षमा नरहेको पनि बताए । त्यस्तै संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीबाट कार्यदल बनाउने निर्णय हुनु सकारात्मक कुरा भएको बताए । बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्ष भने सहभागी थिएन ।

प्रतिक्रिया