प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध ‘गंजेडिका गफ’ नदेउ : सांसद बस्नेत

admin

काठमाडौं, ७ जेठ : एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा गंजेडिका गफ नदिन चेतावनी दिएका छन् । सांसद बस्नेतले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई गल ह’त्याउने र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने सम्मका गंजेडिका गफ नदिन चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएसँगै राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेसँगै विभिन्न नेताहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिमाथि विभिन्न प्रकारका आक्षेप तथा भ्रमपूर्ण कराहरु गरिरहेको भन्दै उनले आक्रोश जनाएका छन् ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले समयसीमा दिएपछि कांग्रेसका नेता गगन थापा, रामचन्द्र पौडेल, माओवादीका रञ्जित तामाङलगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई गलत्याएर निकाल्ने तथा राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । नेपालको संविधान अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउन संसदमा दुई तिहाई मतको आवश्यक पर्छ ।

जसमा एमाले विना दुई तिहाई पुग्ने कुनै पनि सम्भावना छैन । त्यसैले महाभियोग लगाउँछु भने चिच्याउनेहरु केवल प्रचारवाजीको मात्र भएको स्पष्ट रहेको छ । सोही अभिव्यक्तिलाई सांसद बस्नेतले काउण्टर दिँदै हिम्मत भए बहुमत पुर्याएर सरकार गठन गर्न चेतावनी दिए ।

कांग्रेस, माओवादीलगायतका दलहरुले बहुमत पुर्‍याएमा आफूहरु प्रतिपक्षमा बस्न कुनै समस्या नहुने उल्लेख गर्दै सांसद बस्नेततले वर्तमान सरकारको विरुद्धमा हात धोएर लाग्ने तथा पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउने जस्ता गैरलोकतान्त्रीक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको घाम जस्तै छर्लङ्ग भएको बताए ।

बहुदलीय व्यवस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै भएको उल्लेख गर्दै सांसद बस्नेतले आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफूले रोक्ने बताए । जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्ने बताउँदै उनले नेपाली राजनीतिका सफल टिम लिडर केपी ओली नै भएको उल्लेख गर्दै अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउँदै अगाडी बढ्ने र सिल्ड मेडल प्राप्त गरिरहने दावी गरे ।

प्रतिक्रिया