मलाई प्रधानमन्त्री बन्ने कुनै चाहना छैन : अध्यक्ष ठाकुर

admin

काठमाडौं, ७ जेठ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले मुलुकलाई निकास दिनका लागि उपेन्द्र यादव समूहसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै ठाकुरले यादव समूहसंग बालकुमारीस्थित पार्टी कार्यालय छलफल गरिने बताएका हुन् ।

संसदीय दल बैठकमा सवै सांसदहरुलाई नबोलाएको बिषयमा उनले यादव पक्षलाई बाहिर राखेर अघि नबढ्ने जिकिर गरे । ठाकुरले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रपति निवास गएको तर राजनीतिक कुराकानी नभएको दाबी गरे । उनले अहिले आफुलाई प्रधानमन्त्री बन्न कुनै चाहना भएको तर्क गरे ।

उनले प्रधानमन्त्रीको चयनका लागि संविधानको धारा संविधानको धारा ७६(७) अनुसार अघि बढने संकेत देखिएको बताए । उनले आफुहरुले राखेका मागलाई सरकारले सम्बोधन गर्नु सकारात्मक रहेको बताए । संविधान संशोधनका लागि कार्यदल गठन भएको र अन्य बिषयमा सरकारले सम्बोधनको प्रयास गरेको उनको भनाई छ ।

प्रतिक्रिया