मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो, यो कदम क्षम्य हुँदैन : शेखर कोइराला

admin

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका छन्। शुक्रवार मध्यराति प्रतिनिधि सभा विघटन भएसँग निर्वाचनको मिति पनि तोकिएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको विपक्षी दलहरुले चर्को विरोध शुरु गरेका छन्। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’

प्रतिक्रिया