युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

admin

काठमाडौँ, ८ जेठ : कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ ।

सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।

ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् ।

उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया