सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा

admin

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका छन्। शुक्रवार मध्यराति प्रतिनिधि सभा विघटन भएसँग निर्वाचनको मिति पनि तोकिएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको विपक्षी दलहरुले चर्को विरोध शुरु गरेका छन्। कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा देशलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाएका छन्।

थापाले प्रक्रिया देखाएर सेटिङमा संसद र संविधानको हुर्मत लिएकोसमेत आरोप लगाएका छन्। ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउनमात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए!,’ उनले भनेका छन्।

थापाले यस्तो निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नसमेत आह्वान गरेका छन्। उनले भनेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैनन्। नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

प्रतिक्रिया