नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुखसहित ११ जनाको ज्यान गयो

admin

काठमाडौं, ८ जेठ : नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उनी र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । ५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बनेका थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया