यस्तो बेला चाहिएको छ महाराज-महारानीलाई चुनाव ?

admin

काठमाडौं, ८ जेठ : नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मुलुकलाई अध्याँरो यगमा प्रवेश गराएको टिप्पणी गरेकी छिन् । उनले आफुहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको उल्लेख गरेकी छिन् । तर, खराब नियतीका मान्छेहरुको षड्यन्त्रको सामू केही नलागेको उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेकी छिन् “एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ । खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन,  ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ । यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।”

प्रतिक्रिया