‘पश्चिमाको चक्रव्यूमा केपी ओली’

admin
  • हेम विक्रम सिलवाल
    स्वतन्त्र नागरिक समाजका संयोजक

काठमाडौं, ८ जेठ : जेठ ७ गते मध्यरातमा राष्ट्रपतिको आदेश र प्रधानमन्त्रीको सिफारिसमा भएको संसद भंग र मध्यावधि निर्वाचनको घोषणा नेपालको सत्ता राजनीतिमा पश्चिमाहरुको चलखेलको अर्को नमूना हो । यहाँ सतहमा जे जे दृश्यहरु देखिए पनि केपी ओली र विद्या भण्डारी कत्र्ता भएर देखाइएको सबै राजनीतिक तमाशा नेपालमा राजसंस्था सहितको प्रजातन्त्रको बाटो अवरुद्ध गर्ने ग्राण्ड डिजाईनको एक रुप मात्र हो ।

सिंगो विश्वभरका जस्तै नेपालका नागरिक पनि कोरोना महामारीले प्रताडित भएका बेला जनताले प्यारो अविभावकीय राजसंस्थाको आवश्यक्ता वोध गरिरहेका छन् । महामारीका बेला राजनीतिक दल र नेताहरु कोरोना पीडित जनताको साथमा रहन नसकेका बेला राजनीतिक परिस्थिति र जनमत राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा मुखरित हुदै थियो ।

यही मौकामा राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा उर्लन लागेको जनलहर र फर्किन लागेको राजसंस्थालाई रोक्ने, छेक्ने प्रपञ्च अन्र्तगत नै अहिले नयाँ चुनावको नाममा अर्को खेल भैरहेको छ । कोही भ्रममा नपरे हुन्छ, नाम मात्रैको भए पनि केपी ओलीले आउदो कात्तिक र मंसिरमा चुनावी नाटक सम्पन्न गर्छन ।

अहिले सडकमा जति विरोध गरेर कोठे, चोठे र रेष्टुँरे विरोध गरे पनि यिनै विपक्षी राजनीतिक दलहरु नै ओलीले गराउने कथित चुनावमा भाग लिन्छन् । पश्चिमाहरुको यही ग्राण्ड डिजाईन अन्र्तगत नै ओली र कमल थापाले राष्ट्रिय सभाको उपनिर्वाचनमा सहकार्य गरे भने अहिले ओलीको चुनावी कदमलाई राप्रपाको व्यानरमा कमल थापाले स्वागत गरिसके ।

एकातिर ओलीलाई अर्कोतिर कमल थापालाई धाप मारेर पश्चिमाहरुले नोपालमा राजसंस्थाको मुद्धा कमजोर पार्ने, पछि धकेल्ने र राजसंस्था पुर्नस्थापना तथा हिन्दू राष्ट्रको मुद्धा सदाका लागि कमजोर गराउने षडयन्त्र गरिरहेका छन् ।

नेपालमा राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा भारतीय जनता पार्टीको मातृसंस्था आरएसएस र चिनले भित्रभित्रै र कतिपय बेला देखिने गरी लविंग गरिरहेका बेला एक्कासी केपी ओली र विद्या भण्डारीलाई प्रयोग गरेर यही संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता टिकाउने षडयन्त्र भैरहेको छ ।

कोही भ्रममा नपरे हुन्छ चुनावी अनुमोदनका नाममा यो संविधान र गणतन्त्र टिकाउने अर्को कसरत अनुरुप नै अहिले केपी ओली र विद्या भण्डारी परिचालित भएका छन् । नेपालको सत्ता राजनीतिमा नजिकका छिमेक भारत र चिनको संस्थापन पक्षलाई क्रस गरेर पश्चिमाहरुले जितेको परिणाम स्वरुप नै अहिलेका आरजनीतिक कृत्यहरु भैरहेका छन् ।

ती सबै कृत्यहरुमा हिन्दू राज्य र राजसंस्थाको मुद्दालाई माथि उठनै नसक्ने बनाउने गरी अहिले कमल थपालाई कथित राजावादी र हिन्दूवादी कार्डका रुपमा प्रयोग गरिएको छ । राजा, राजसंस्था र हिन्दूत्वको माग पुरा गराउन अब कमल थापाको अगुवाईमा सम्भव छैन भन्ने तथ्यवोध गर्न अब कुनै पनि राजावादी, हिन्दूवादी र राष्ट्रवादीहरुले ढिलाई गर्नु हुदैन ।

आफै झाक्री आफैं बोक्सीको भुमिकामा रहेका एमाले,माओवादी, कांग्रेस र अन्य दलहरुको भूमिका पनि अन्ततः पश्चिमा षडयन्त्रलाई बल दिने र मलजल गर्ने खालकै छ । त्यसैले कुनै पनि दलका क्षणिक आक्रोश र विरोधको भुलभुलैयामा अब राजनीतिक दलहरु लाग्नु हुदैन । यसो गर्दा नेपालको लागि निर्विकल्प आवश्यक्ता भैसकेको राजसहितको प्रजातन्त्र पुर्न स्थापनाको अभियानमा अरु ढिलाई हुनसक्छ ।

भारतीय र चिनियाँ चाहना बिपरित देश चुनावमा जादा नेपाल अब पश्चिमाहरुको शक्ति अभ्यासको क्रिडास्थल बन्ने खतरा पनि दिनप्रतिदिन बढेको छ । यसले नेपाललाई मात्र होईन, दक्षिण एशिायालाई नै नयाँ प्रकारको द्धन्द्ध र भिडन्तमा लैजान सक्छ । भारतका लागि नेपाल हिन्दू अधिराज्य हुनैपर्ने भैसकेको छ भने चिनका लागि नेपालमा स्थायी शक्तिको रुपमा राजसंसथाको खाँचो भएको स्पष्ट छ ।

तर, पश्चिमाहरु राजसंस्था र हिन्दूत्वको मुद्धा सदाका लागि बिदा गराउने अन्तिम कसरतमा लागेको छन् । यस्तो विषम परिस्थितिमा अब केपी ओलीको चुनावको पक्षमा होईन, विपक्षमा, यो संविधान र व्यवस्था टिकाउने राजनीतिक र रणनीतिक जालझेलमा होईन, खुल्लमखुल्ला राजासहितको प्रजातनत्रका पक्षमा आम नेपाली जनता फेरि निर्णयक शक्ति बनेर हस्तक्षेपकारी हुन ढिला भैसकेको छ । अब राजासहितको प्रजातन्त्रका पक्षमा अन्तिम लडाई लडनु नै जनताको लागि निकासको अन्तिम विकल्प हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू