आज आठ हजार आठ सय ४८ जना कोरोनामुक्त, थप एक सय २९ जनाको ज्यान गयो

admin

काठमाडौं, ८ जेठ : शनिबार नेपालमा थप आठ हजार नौ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर गरिएको बीस हजार १०५ पिसिआर परिक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख ५ हजार ६ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक सय २९ जनाको ज्यान गएको छ भने हालसम्म नेपालमा ६ हजार १ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप आठ हजार ८ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा तीन लाख ३ हजार ६८४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित आइशोलेशनमा र ८८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २ लाख ९७ हजार ५०३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया